Binod Chaudhary: An Autobiography
of Binod Chaudhary, Sudeep Shrestha (Contributor)
Description
एसएलसीमा बोर्ड पाँचौ भएका विनोद चौधरीले पारिवारिक कपडा व्यापारको घेराबाट बढेर डिस्को खोले । एल्बम निकाले । फिल्म बनाए । वाइवाइ उत्पादन थाले । उनको चौधरी ग्रुप अहिले बैँक, बिमा, फाइनाँस र हाउजिङदेखि सफ्ट डिङ्क, बियर, चुरोट, खाद्यवस्तु र इलेक्ट्रोनिक सामग्री उत्पादनसम्म फैलिएको छ । उनले निजी क्षेत्रको पहिलो औद्योगिक पार्क “ गंगादेवी चौधरी उद्योग ग्राम” स्थापना गरेका छन् ।चौधरीले विदेशीसँगको साझेदारीमा दक्षिण तथा दक्षिणपूर्वी एसिया र मध्यपूर्वी होटल, रियलस्टेट र उत्पादनमुलक क्षेत्रमा लगानी गरेका छन् । भारतको ताज ग्रुप र थाइल्यान्डको इनभिजनसँग संयुक्त लगानी गरेको छन् । शाही परिवार, प्रधानमन्त्री तथा नेताहरुदेखि प्रभावशाली विदेशी व्यावसायिकहरुसम्मको उनको नालीबेली सम्बन्ध चाखलाग्दो छ । यो आत्मकथा विनोद चौधरी सँगसँगै नेपालको अग्रणी व्यापारिक घराना चौधरी ग्रुपको आरोह-अवरोहको गाथा हो ।'विनोद, मैले एपोलो स्टिलको सेयर गोल्छालाई दिने निर्णय गरेँ ।’'सरकार, यस्तो कसरी गर्न सकिबक्सिन्छ ?’'किन सक्दिनँ ?’ अधिराजकुमारी प्रेक्षाले हकार्नुभयो ।'यो उद्योगमा मेरो ५१ प्रतिशत सेयर छ, धीरेन्द्र सरकारले देखाइबक्सेको सदासयका कारण ४८ प्रतिशत सेयर दिएको हुँ मौसुफ कसरी एकैचोटि जसलाई पायो त्यसलाई सामेल गराउन सकिबक्सिन्छ ?’'हृवाट !’ उहाँले झोक्किँदै भन्नुभयो, 'सो यु आर गोइङ टु डिसओबे माई अर्डर ?’'म चाहेर पनि मौसुफको आदेश पालना गर्न सक्दिनँ सरकार ।’'हृवाट डु यु मिन ?’'मैले यो उद्योग चलाउन बैँकबाट ऋण लिएको छु । बैँकले मेरै नाममा ऋण दिएको छ ।’'सो हृवाट !’ उहाले अनुहार रातो पार्नुभयो ।बुवा तर्सिनुभएछ । हात समातेर मलाई रोक्न खोज्नुभयो । म रोकिइनँ ।
Gender
Main Characters
Book Details
- Format Paperback
- Pages 327 pages
- Publisher Publication Nepalaya
- Publication Date February 2nd 2013
- First Publication 01/01/13
- Language Nepali
- ISBN 9937905834
- Edition Third
- Category Other
- Scenario []
Rate this work
🔒 Log in to evaluate this book.
Share your opinion with other readers. Your feedback is very important!
AI-Powered Recommendations
Based on your reading of "Binod Chaudhary: An Autobiography", our dual AI algorithms suggest these titles. ⚡ FAISS Baseline 🧠 PyTorch Enhanced
Top Picks For You
🎯 Smart SelectionLast Night I Dreamed of Peace: The Diary of Dang Thuy Tram
by Đặng Thùy Trâm, Andrew X Pham (Translator)
How do we choose these recommendations?
Similar Style Recommendations
Books with similar themes, authors, and writing styles to what you're reading now.
Smart AI Matches
Our advanced AI finds books you might love based on deeper patterns and reader preferences.